प्रधानमन्त्री देउवाद्वारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त

सफल खबर संवाददाता

शुक्रबार, २४ भदौ २०७९, १२ : ५३
प्रधानमन्त्री देउवाद्वारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त

काठमाडाैँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले आज शोक सन्देशमार्फत महारानी एलिजाबेथको निधनको खबरले आफूलाई धेरै दुःख लागेको बताएका हुन्।

महारानी एलिजाबेथले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित गरेकाे प्रधानमन्त्री देउवाले सन्देशमा बताएका छन्।महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा गरेकाे नेपालको महत्वपूर्ण राजकीय भ्रमणका लागि उनलाई नेपालमा मायापूर्वक सम्झिइने शोक सन्देशमा जनाइएको छ।

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति बाल्मोरलमा निधन भएको हो। सन् १९५२ मा गद्दी सम्हालेकी उनी ७० वर्षसम्म गद्दीनशीन थिइन्।

प्रतिक्रिया दिनुहोस