प्रमोद खरेलको नयाँ गीत ‘तप तप आँशु’ सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, २४ भदौ २०७९, १२ : ३५
प्रमोद खरेलको नयाँ गीत ‘तप तप आँशु’ सार्वजनिक

काठमाडौं  । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘तप तप आँशु’ सार्वजनिक भएको छ । साहित्यकार ममता मिश्रको शब्द रहेको गीतमा प्रेम, रोमान्स र विरहका शब्द समेटिएको छ ।

नविन कार्कीको संगीत रहेको गीतका शब्दले प्रेममा डुबेको एक प्रेमिल जोडीको कथा भन्छ । ३ दशकदेखि अष्ट्रेलियामा रहँदै आएकी गीतकार मिश्रले गीत हरेक प्रेमी जोडीले रुचाउने आस ब्यक्त गरिन् ।

गीतको भिडियोले भने ट्रयाजेटी प्रेमकथा देखाएको छ । केशव भट्टको निर्देशन रहेको भिडियोमा कमल सिंह र ललना चिमोरिया असफल प्रेमी प्रेमीकाको रुपमा प्रस्तुत भएका छन् । भिडियोको छायांकन उत्सब दाहाल हुन्, भने सम्पादन दिप्सन शाह रहेका छन् । 


 

प्रतिक्रिया दिनुहोस