काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नागरिकता विधेयक प्रमाणीकरणका लागि अब राष्ट्रपतिसँग यताउता गर्ने अधिकार नभएको बताएका छन् ।पोखरामा आज सञ्चारकमीसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
“राष्ट्रपतिसँग केही दिनअघि भेट हुँदा ठूलै राजनीतिक इस्यु बनाउने पनि देखिएको छ,” उनले भने, “प्रमाणीकरण नगर्ने पनि सम्भावना छ । दोस्रोपटक पनि प्रमाणीकरण गर्नुभएन भने अदालत जाने या राजीनामा गर्नुपर्ने हुन सक्छ । राष्ट्रपतिलाई संविधानले दोस्रोपटक फिर्ता गर्न सक्ने व्यवस्था छैन ।” उनले यसअघि केपी शर्मा ओलीले लगेको अध्यादेशमै भएको व्यवस्था अहिले पनि कायमै रहेको बताए ।
“राज्य व्यवस्था समितिमा वैवाहिक अंगीकृत सात वर्षे प्रावधान राख्नुपर्छ भनेर हामीले नै भनेका हौँ,” उनले भने, “यो एमालेको पहलमा होइन, माओवादीको पहलमा यो प्रावधान राख्नु उचित हुन्छ भनेर बहुमतले निर्णय गरेको हो । तर त्यसमा सर्वसम्मत हुन सकेन । अब राष्ट्रपतिलाई यताउता गर्ने अधिकार दिएको छैन । एकपटकलाई दिएको हो त्यसमा प्रतिनिधिसभा र राष्ट्रय सभाले फेरि पठाएको छ ।”
फरक प्रसंगमा प्रचण्डले आगामी चुनावमा आफू चितवन–३ बाट दायाँबायाँ नगर्ने प्रष्ट पारेका छन् । चुनाव जित्नेमा पूरा कन्फिडेन्स रहेको उनले बताए । सञ्चारकर्मीले उनलाई चुनाव क्षेत्र परिवर्तनको सम्भावनाबारे सोधेका थिए ।
प्रचण्डले भने, ‘अहिले विभिन्न जिल्लाबाट मलाई हाम्रो पार्टी र अन्य पार्टीका साथीहरुले हाम्रोमा आइदिनुपर्यो भनिराख्नुभएको छ । सबैलाई धन्यवाद नै भन्न चाहन्छु । तर म अहिले चितवनबाटै लड्छु । मेरो दिमागमा दायाँबायाँ अर्को छैन ।’
उनले चितवनका जनताको चेतना र भावनामा आफूलाई विश्वास रहेको उल्लेख गरे । प्रचण्डले थपे, ‘गठवन्धन पनि छँदै छ । गठवन्धनमा कुनै विमति छैन । त्यसैले मैले चितवन छोड्दा राम्रो सन्देश दिँदैन । म यहाँ जित्छु भन्नेमा झण्डै झण्डै पूर्ण कन्फिडेन्स र विश्वासमा छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ भदौ २०७९, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद
नयाँ र पुरानो भन्ने गलत भाष्य बनाइयो, यो देशको हितमा छैन: प्रचण्ड