काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु गरेको बताएका छन ।
बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय हवाई बिन्दु भएका कारण एयर कनेक्टिभिटी सहज नभएकाले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु गरेको बताए । उनले सरकारले महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा प्रवेश बिन्दु खुला गराउनका लागि भारतसँग छलफल शुरु गरेको बताए ।
मन्त्री श्रेष्ठले नेपालले सिमित आकाश प्रयोग गर्दा अन्तर्राष्ट्रिय हवाई बिन्दु एउटामात्र भएका कारण एयर कनेक्टिभिटी सहज हुन नसकेको बताए। उनले नेपालले अहिले ४० देशहरुसँग दुईतर्फी हवाई उडान सम्झौता भइसकेको बताउँदै अब छिट्टै अमेरिका, रुस लगायतका देशमा सिधा उडान गर्ने तयारी शुरु गर्ने जानकारी दिए ।
उनले यसबाट नेपाललाई १२ महिना नै पर्यटकीय गन्तव्य स्थल बनाउन टेवा पुग्ने बताए । मन्त्री श्रेष्ठले पर्यटकहरु नेपाल घुम्नको लागि १२ महिना नै आउन सक्ने हावापानी र वातावरण रहेको बताए । पर्यटनमन्त्री श्रेष्ठले सरकार हवाई, जल, स्थल, रेल कनेक्टिभिटी सुदृढीकरणमा लागि प्रतिवद्ध रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वतन्त्र र विश्वसनीय निर्वाचनका लागि सरकार सक्रिय रहेको मन्त्री श्रेष्ठको दाबी
‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ : मन्त्री श्रेष्ठ
‘मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ’ : मन्त्री श्रेष्ठ