एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ : मोहनविक्रम सिंह

सफल खबर संवाददाता

विहीबार, २३ भदौ २०७९, १३ : ००
एमालेबाट अहिले पनि प्रतिगमनको खतरा छ : मोहनविक्रम सिंह

काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताएका छन् । 

बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महामन्त्री सिंहले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताएका हुन् । नेकपाको द्वन्द्व मिलाउन नसकेर संसद् विघटन गर्नु, राजावादी र भारतसँग गहिरो साँठगाँठ गर्नु ओलीको प्रतिगमन कदम रहेको उनको भनाई छ । 

‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धिमाथि एमाले अध्यक्ष केपी ओलीले धावा बोलिरहेका छन् । सामन्त गोयलसँग गोप्य भेटघाट गरेर हिन्दुको मुद्दामा सहमति गरेका थिए । त्यसको उदाहरण पशुपतिमा ओलीले दिएको जलहरी र चितवनमा राममन्दिर बनाउनु हुन् ।’ उननले भने, ‘यसलाई परास्त गर्न पाँच दल मिल्नुको विकल्प छैन ।’ 

प्रतिक्रिया दिनुहोस