प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सेवा विस्तार र छुटसम्बन्धी सम्झौता

सफल खबर संवाददाता

विहीबार, २३ भदौ २०७९, ११ : १३
प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सेवा विस्तार र छुटसम्बन्धी सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्क लिमिटेडका बिच विभिन्न सेवामा थप सुविधा र छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र डिश मिडिया नेटवर्क बिच सम्पन्न उक्त सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्ने ग्राहकले डिश होम टीभीÞ र डिश होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने भएका छन् ।

डिश मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी, डिलर तथा ग्राहक महानुभावले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने बिभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका निक्षेपकर्ता तथा डिश मिडियाका सम्पूर्ण ग्राहक कम्पनीले जनाएको छ ।