काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा आयोजना हुने एशीयाली विकास बैंकको बोर्ड अफ गभर्नस्को ५५ औं वार्षिक बैठकमा सहभागी हुनुहुने छ ।
गत भदौं २१ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सो वार्षिक बैठकमा सहभागी हुन स्विकृति प्रदान गर्ने निर्णय गरेको हो ।
बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण कोरियाबाट फर्केका श्रमिक कामदारहरुको स्थिर पुनः एकीकरणसम्बन्धि आयोजना संचालनका लागि प्राप्त हुने ८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्विकार गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको बताउनुभयो । त्यसैगरी निजीकरण समितिको सदस्यमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी र नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्णलाल महर्जनलाई मनोनित गर्ने निर्णय पनि गरिएको छ ।
मन्त्री कार्कीका अनुसार सरकारले नेपाल-भारत वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति र सहसचिव स्तरीय अन्तर सरकारी उपसमितिको बैठकका लागि वार्ता टोली पनि गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
उच्चपदस्थ राजनीतिक र प्रशासनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका १० निर्णय
प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
चैत १९ मा संघीय संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय