काठमाडौं । कपिलवस्तु, कैलाली, सप्तरी र सर्लाहीमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ माडा बस्ने अदबुल कैयुम मुसलमानकी १३ महिने छोरी फराहनाज खातुनको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो । घरभित्र खेल्ने क्रममा पंखामा छोई करेन्ट लागी गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीको गोदावरी नगरपालिका–२ बनखेत बस्ने ६५ वर्षीया किजी देवीको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरीको रौतहट इशनाथ नगरपालिका–९ लक्ष्मीनिया घर भई हाल सप्तरी बोदेबर्साईन नगरपालिका–५ बस्ने ३५ वर्षीय सिकिन्दर महतोको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ । आफ्नै पसलमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सर्लाहीको मलंगवा नगरपालिका–१२ कर्मैया बजार टोल बस्ने ३२ वर्षीय प्रकाश वाईबाको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । आफ्नै घर अगाडिको विद्युतको तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बागमती मोडल अस्पताल कर्मैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु
करेन्ट लागेर युवकको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर युवकको मृत्यु
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु