एजेन्सी । रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनः पूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोला बारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ ।
पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले भने, 'हामीसँग रुसले उत्तर कोरियासँग गोला बारुदको अनुरोध गरेको संकेत छ ।' रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरी केही हप्ताभित्रै देश कब्जा गर्ने स्पष्ट अपेक्षा राखेको थियो । तर, युक्रेनको कडा प्रतिकारका कारण आफ्नो योजनामा मस्को असफल भएको छ ।
रुसविरुद्धको हमला सशक्त पार्न युक्रेनले अमेरिका, नेटो र युरोपेली देशबाट हतियार र युद्धका अन्य सामग्री प्राप्त गरेको छ । पश्चिमा सहयोगका कारण रुसले नियन्त्रण गरेका कतिपय सहरलाई किभले फिर्ता गर्न सफल भएको छ ।
युद्धमा दुवै पक्षले ठूलो मात्रामा तोपखाना गोला बारुद प्रयोग गरेका छन् । रुस युक्रेन युद्धपछि युरोपमा ग्यास समस्या बढेको छ भने विश्वव्यापी रुपमा खाद्यान्नको मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ भदौ २०७९, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण
ट्रम्पलाई रुसको जवाफ- सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं
तालिवान शासकलाई मान्यता दिने पहिलो देश बन्यो रुस