युइएफए च्याम्पियन्स लिग : एम्बाप्पेको २ गोलमा पिएसजी विजयी

एजेन्सी

बुधबार, २२ भदौ २०७९, ०८ : ३२
युइएफए च्याम्पियन्स लिग : एम्बाप्पेको २ गोलमा पिएसजी विजयी

एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन (पिएसजी ले विजयी सुरुवात गरेको छ। फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई गोल गरेको खेलमा पिएसजीले युभेन्टसलाई २-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

पिएसजीले घरेलु मैदानमा भएको खेलमा पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलको पाँचौ मिनेटमा एमबाप्पेको गोलबाट अग्रता लिएको थियो। २२ औँ मिनेटमा पिएसजीले एमबाप्पेकै व्यक्तिगत दोस्रो गोलमा अग्रता दोब्बर बनायो। उनले अचरफ हाकिमीको पासमा गोल गरेका थिए।

पहिलो हाफमा २ गोलको अग्रता लिए पनि पिएसजीविरुद्ध युभेन्टसले ५३ औँ मिनेटमा वेस्टन म्याककेन्नीको गोलमार्फत खेलमा फर्किएको थियो। तर, दोस्रो हाफमा पिएसजीले गोल गर्न सकेन। जितसँगै समूह ‘एच’ मा ३ अंक जोडेको छ। समान ३ अंक नै भए पनि बेन्फिका पिएसजीभन्दा अघि छ। यही समूहको अर्को खेलमा बेन्फिकाले माकावी हाइफालाई २-० ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस