पल शाहलाई बलात्कार मुद्दामा सफाइ, बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, २० : ०९
पल शाहलाई  बलात्कार मुद्दामा सफाइ, बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद

काठमाडौं । नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ ।मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगमा शाहलाई दोषी ठहर गरेको हो । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजायसमेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै, पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ ।

अदालतले बलात्कारको मुद्दामा भने सफाई दिएको छ । गत चैतमा सुटिङका क्रममा शाहले बालिकालाई गैडाकोट रिसोर्टमा जबर्जस्ती गरेको पीडित पक्षको आरोप थियो । ती बालिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहमाथि दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा चलिरहेको थियो । 

अब तनहुँ जिल्ला अदालतबाट समेत सफाई पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि भने शाह थुनामुक्त हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस