प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मानसिक स्वास्थ्यमाथि संसदमा प्रश्न

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, १३ : ५३
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मानसिक स्वास्थ्यमाथि संसदमा प्रश्न

काठमाडौं ।  महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मानसिक स्वास्थ्यमाथि संसदमा प्रश्न उठेको छ।

राणाले बयानका क्रममा असान्दर्भिक व्यक्ति र विषयलाई जोडेर अभिव्यक्ति दिएकाले उनको स्वास्थ्य स्थिति परीक्षण गर्न सांसद गजेन्द्र महतले माग गरेका हुन्।उनले भने, ‘प्रधानन्यायाधीश राणाले बयानका क्रममा असान्दर्भिक व्यक्तिलाई लान्छना लगाइरहेका छन्। उनको मानसिक अवस्था ठीक नभएकाले परीक्षण गराउन माग गर्दछु।’

प्रतिक्रिया दिनुहोस