भृकुटीमण्डपमा फर्निचर एण्ड फर्निसिङ एक्स्पाे हुँदै

सफल खबर संवाददाता

मंगलबार, २१ भदौ २०७९, १३ : ४५
भृकुटीमण्डपमा फर्निचर एण्ड फर्निसिङ एक्स्पाे हुँदै

काठमाडाैं ।  फर्निचर तथा फर्निसिङ एक्स्पाे आगामी भदौ २३ गतेदेखि २७ गतेसम्म हुने भएको छ । फर्निचर एण्ड फर्निसिङ एसोसिएसनले आयोजना गर्न लागेको उक्त प्रदर्शनीमा विभिन्न कम्पनीले आफ्नो ब्राण्ड प्रस्तुत गर्दैछन् ।

त्यही प्रदर्शनमा विगत चारवर्षदेखि फर्निचरको ‘मिस्टिक’ ब्राण्डका सामान उत्पादन, विक्री, वितरण तथा बजारीकरण गर्दै आएको डाइनामेटिक विजनेश प्रालि पनि प्रदर्शनीमा सहभागि हुने भएको छ । प्रालिले मेन हलको २५ नम्बर स्टल बुकिङ गरिसकेको कम्पनीका निर्देशक साकार अग्रवालले जानकारी दिए ।डाइनामेटिकले उक्त प्रदर्शनीमा ‘मिस्टिक’ ब्राण्डका अफिस फर्निचरका सामानहरु राख्दैछ । मिस्टिक ब्राण्डका सामानहरुको उत्पादन भने झापास्थित खगेन्द्र काष्ठ उद्योगले गर्दै आएको छ ।

चारवर्ष अघि सञ्चालनमा आएको खगेन्द्रद्वारा उत्पादित फर्निचरहरु गुणस्तरीय रहेको अग्रवाल बताउँछन् । ‘पहिला सामान्य प्लाइबाट फर्निचरका सामान बन्थे,’ उनले भने, ‘अहिले हामी एम.डी.एफ र प्लाईबाट फर्निचर उत्पादन गर्छौं ।’एमडीएफ र फर्निचरबाट सामान उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी डाइनामेटिक रहेको उनको दाबी छ । एमडीएफबाट बनेका सामानहरु चीनबाट मात्रै आउँछन् । जो नेपालमा खरिद गर्न निकै महंगो पर्छ । तर, नेपालमै उत्पादित एमडीएफका सामान खरिद गर्दा सस्तो र बलियो पनि हुने कम्पनीले जनाएको छ ।

डाइनामेटिकले नेपालभरका झण्डै ६० वटा डिलरलाई सामान डेलिभरी गर्दै आएको छ । यो प्रदर्शनीमा अफिसियल टेबल, सोफा, कफी टेबल, मिटिङ टेबल, चेयर, फाइल क्याबिनेट लगायतका सामान राख्ने जनाइएको छ । मिस्टिक ब्राण्डका सामान खरिदमा १० वर्षको वारेन्टी प्रदान गरिने अग्रवालले बताए ।

प्रतिक्रिया दिनुहोस