काठमाडौंमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जना गम्भीर घाइते

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, ११ : १०
काठमाडौंमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जना गम्भीर घाइते

काठमाडौं । काठमाण्डौंको तिनकुनेमा हिजो मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाईते भएकी छन् ।

घाईते हुनेमा अन्दाजी ६५ वर्षिया महिला रहेकी छन् । उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भैरहेको छ । घाईतेको पहिचान खुल्न बाँकी रहेको छ । हिजो बेलुकी साढे ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिई फरार भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सहित फरार चालकको खोजि भैरहेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ । यस्तै, काठमाण्डौंको मुलपानीमा हिजो बेलुकी ७ बजे दुई वटा मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् ।

बा ८२ प ६५९९ र बा ९५ प १५६६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । घाइते हुनेमा ६५९९ नम्बरका मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलका ४० वर्षिय विकाश थापामगर रहेका छन् ।

उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भैरहेको छ । दुबै मोटरसाइकल र १५६६ नम्बरको मोटरसाइकल चालक नियन्त्रणमा लिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस