नक्कली नोट बनाउने कागजको बण्डलसहित नुवाकोटे पक्राउ

सफल खबर संवाददाता

शनिबार, १८ भदौ २०७९, २० : २८
नक्कली नोट बनाउने कागजको बण्डलसहित नुवाकोटे पक्राउ

काठमाडौं । नक्कली नोट बनाउने कागजको बण्डलसहित एक जना पक्राउ परेका छन् । नुवाकोटको साविक ककनी गा।वि।स। ५ स्थायी घर भएका ३२ बर्षिय हिरामान लामा पक्राउ परेका हुन् । 

सिरहास्थित सशस्त्र प्रहरी बल बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट भाद्र १७ गते राति नियन्त्रणमा लिएको हो ।   

उनको साथमा १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत सशस्त्र प्रहरीले फेला पारेको थियो । उनलाई बरामद रुपैयाँ र कागजसहित आवश्यक कारवाहीको लागि आज ईलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस