विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका छन् । जसपाले केन्द्रीय अध्यक्ष यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो ।
विराटनगर आधार बनाएर राजनीति गरेका उपेन्द्र यादव पछिल्लो समय मोरङ ५ बाट उम्मेदवार बन्ने चर्चा छ । अध्यक्ष आउने टुङ्गो नभए पनि आउन चाहेमा ठाउँ खाली राखिएको जसपा नेताहरु बताउँछन् ।
मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदायका यादव २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ ५ बाट विजयी भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी कांग्रेस उम्मेदवार अमृत अर्यालसँग पराजित भए । २०७४ सालमा उनले सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए ।
‘मेरो नाममा सर्वसम्मत थियो, तर अध्यक्षज्यू आउने हुँदा ठाउँ खाली राखेर दुई जनाको नाम सिफारिस गरेका छौं,’ जसपा जिल्ला अध्यक्ष यादवले भने, ‘ पहिलो नम्बरमा उपेन्द्र सर(यादव) र दोस्रो नम्बरमा मेरो नाम सिफारिस भएको छ, प्रदेशसभा क मा ४ र ख मा ५ जनाको नाम पनि सिफारिस भयो ।’
मोरङ ५ आउने चर्चा भएपनि उपेन्द्र यादव सप्तरीबाटै चुनाव लड्ने विषयमा स्पष्ट रहेको उनका छोरा तथा जसपा विराटनगर महानगर समिति अध्यक्ष अमरेन्द्र यादवले बताए ।
२०७४ सालको निर्वाचनमा मोरङ ५ मा माओवादी केन्द्रबाट शिवकुमार मण्डल निर्वाचित भएका थिए । उनी पुन टिकटको दाबेदार हुन् । काङ्ग्रेसबाट अमृत अर्याल पनि टिकटको दाबेदार छन् ।
नेकपा एमालेबाट योगेन्द्र मण्डल टिकटको एकल दाबेदार छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ भदौ २०७९, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?