धनगढी । सुदूरपश्चिम प्रदेश सभाको दसौँ अधिवेशन शुक्रबार देखि अन्त्य गर्न सिफारिस गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्री परिषद्को बैठकले प्रदेशसभाको १०औं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मिति तय भएसँगै प्रदेश सभा सदस्यहरू प्रचार–प्रसारमा केन्द्रित हुन भएका भन्दै सभाको बैठक शुक्रबार अन्त्य गर्न मन्त्री परिषद्ले सिफारिस गरेको हो । प्रदेश सभामा प्रक्रियामा रहेको प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई सभाबाट पारित गराई प्रदेश सभाको बैठक अन्त्य गरिने तयारी गरिएको छ ।
बिहीबार बिहान ८ बजे बैठक बस्ने गरी बैठक अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दबहादुर बोहराले जानकारी दिए । बैठकको अन्त्य अघि प्रदेश सभा सचिवालय प्राङ्गणमा विशेष समारोहको आयोजना हुन लागेको छ ।
सचिवालयले शुक्रबार पहिलो पाँच वर्षीय कार्यकालको समीक्षा तथा सम्मान कार्यक्रम गरिने छ । सभा सञ्चालन भएको पाँच वर्षमा बिहीबारसम्म ५९ विधेयक प्रदेश सभाबाट पारित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ भदौ २०७९, २० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी