उत्तर कोरियाली नेता किम जोङ उनलाई कोरोना संक्रमण

एजेन्सी

मंगलबार, १४ भदौ २०७९, १८ : १७
उत्तर कोरियाली नेता किम जोङ उनलाई कोरोना संक्रमण

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनलाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक भएको छ। नेता किम कोरोनाबाट संक्रमित भएको उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्।

उत्तर कोरियाको सरकारी अखबार रोडोङ शिनमुन दैनिकले नेता किमलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।किमकी बहिनी यो–जोङले एक आकस्मिक बैठकको अध्यक्षता गर्दा किमलाई कोरोना संक्रमण भएको संकेत गरेकी थिइन्। उनका अनुसार किमलाई कोरोना संक्रमण हुँदा उच्च ज्वरो आएको बताइन्। तर, उत्तर कोरियाली जनताको हेरचाह गर्ने चिन्ताका कारण सुत्न नसकेको बताइन्।

यो–जोङले किमले कोरोनामाथि विजय प्राप्त गरेको पनि बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस