काठमाडौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ स्थित मगरबुढामा रोकेर राखेको बसमा आगो लागेको छ ।
गएराति स्थानीय युवराज चौधरीको घरनजिकै बाटोमा पार्किङ गरेर राखेको लु १ ख ६६५४ नम्बरको बसमा आगो लागेको जिप्रका नवलपरासी पश्चिमले जनाएको छ ।
प्रहरी चौकी बासाबाट खटिएको प्रहरीले दमकल प्रयोग गरेर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएका छन् । आगलागीबाट बसको भित्री भाग र सिसा नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पाण्डेयले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ भदौ २०७९, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी
आगलागीका घटनामा वृद्धि, एकै दिन नौ स्थानमा आगलागी