नारायणी नदीमा एक पुरुषले हाम फालेपछि....

सफल खबर संवाददाता

सोमबार, १३ भदौ २०७९, ०९ : ०१
नारायणी नदीमा एक पुरुषले हाम फालेपछि....

चितवन । चितवनस्थित नारायणी नदीको पुलबाट एक पुरुषले नदीमा हाम फालेका छन्।

आइतबार साँझ स्कुटरमा सवार पुरुषले नारायणी नदीमा हाम फालेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारीका अनुसार हाम फालेका पुरुषको खोजी भइरहेको छ ।

पुरुषले नदीमा हामफालेको सूचनापछि उनको खोजीका लागि उद्धारकर्मीहरु परिचालन गरिएको छ। तर, अहिलेसम्म फेला नपरेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस