काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्ने चेतावनी दिएका छन ।
कांग्रेस शेखर कोइराला पक्षले गठबन्धन गर्दा आफूहरुलाई एक सय टि चाहिने भनिरहँदा दाहालको यस्तो चेतावनी आएको हो ।माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज ललितपुरको सानेपामा सम्बोधन गर्दै दाहालले सकेसम्म आगामी चुनावमा सत्ता गठबन्धन कायमै रहने बताए । कांग्रेसभित्र विभिन्न विचार आइरहेको उल्लेख गर्दै उहाँले त्यस्तो परिस्थितिमा के गर्ने भन्ने विकल्पबारे सोच्नुपर्ने बताए ।
आगामी चुनावमा वामपन्थी भित्रको पहिलो शक्ति बनाउने गरी लाग्न उनले नेता कार्यक्रतालाई निर्देशन दिए । उनले आगामी चुनाव सकिएपछि कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष गर्ने अवस्था आउन सक्ने बताए।
अहिलेको संसदीय प्रणालीबाट मुलुकको रुपान्तरण हुन नसक्ने बताउँदै दाहालले चुनावपछि आन्दोलन गर्ने अवस्था आउन सक्ने तर्क गरे । प्रदेशको बैठकमा १३ जिल्लाका अध्यक्षले आ–आफ्नो जिल्लाको रिपोर्ट प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ भदौ २०७९, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताबाट फ्याँकिएका मान्छेले चुनावबारे भ्रम छर्दैछन्: प्रचण्ड
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो