नेपालसँग म्यानमार ३३७ रनले पराजित

विहीबार, २८ मंसिर २०७४, १५ : ०३
नेपालसँग म्यानमार ३३७ रनले पराजित

चितवन २८ मंसीर । नेपालले थाइल्याण्डमा जारी  एसीसी अण्डर १६ इष्टर्न रिजनल क्रिकेट प्रतियोगिता अन्तर्गतको समुह चरणको अन्तिम खेलमा ऐतिहासिक जित हात पारेको छ । प्रतियोगितामा नेपालले म्यानमारविरुद्धको खेलमा जित हासिल गरेको हो ।

खेलमा  ३ सय ५१ रनको उच्च चुनौती पछ्याएको म्यानमारलाई ११ दशमलव ३ ओभरमा १३ रनमा समेट्दै नेपालले ३ सय ३७ रनको कीर्तिमानी बनाउन सफल भएको थियो ।  यो सँगै नेपाल समुह ए को विजेतको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा नारयण जोशी र मेखबहादुर सेन थापाले म्यानमारलाई झिनो स्कोरमा समेट्न ४–४ तथा विशाल विक्रम केसीले २ विकेट हात पार्न सफल भएका थिए ।  सोही बीचमा नेपालले निर्धारित ओभरमा ६ विकेट  गुमाएर ३ सय ५० रनको विशाल योगफल तयार पार्न सफल भएको थियो ।

खेलमा सातौ विकेटका लागि गौतम र प्रतिश जिसीले १ सय १२ रनको कीर्तिमान बनाएका थिए । प्रतियोगितामा नेपालका तर्फबाट तृतराज दासले ६४, विशाल विक्रम केसीले ४२ र कुशल मल्लले ३६ रन जोड्न सफल भए ।  
नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको यसलाई नै सबैभन्दा ठूलो स्कोर मानिएको छ ।

प्रतिक्रिया दिनुहोस