एनआरएनएले नागरिकता पाउने सुनिश्चित भएको छ: श्रममन्त्री

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, २० : ३५
एनआरएनएले नागरिकता पाउने सुनिश्चित भएको छ: श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले गैरआवासीय नेपालीले नागरिकता पाउने सुनिश्चित भएको बताएका छन् । संविधानले नै गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक अधिकार प्रदान गरेको उल्लेख गर्दै सोहीअनुसार गैरआवासीय नेपाली नागरिकता सुनिश्चित गरिएको बताए । 

नागरिकता विधेयक संसद्बाट पारित गरिसकेपछि केही समस्या आए पनि यसलाई प्रतिनिधिसभाले पुनः पारित गरिसकेको उनले बताए ।  आइतबार बस्ने राष्ट्रियसभाले पनि उक्त विधेयक पारित गर्ने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने उनले बताए । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नवौँ एसिया क्षेत्रीय बैठकलाई शनिबार थाइल्याण्डको राजधानी बैंककमा सम्बोधन गर्दै मन्त्री कुँवरले देशलाई आपत्–विपद् परेको अवस्थामा पनि गैरआवासीय नेपालीले आर्थिक, भौतिक र मानवीय सहयोग गरेर अविस्मरणीय योगदान गरेको स्मरण गरे । 

प्रतिक्रिया दिनुहोस