मुलुकको दीगो–द्रूत विकासका लागि व्यवस्थित शहरीकरणको ठूलो महत्व : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १९ : ५७
मुलुकको दीगो–द्रूत विकासका लागि व्यवस्थित शहरीकरणको ठूलो महत्व : प्रधानमन्त्री देउवा

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दीगो र द्रूत विकासका लागि व्यवस्थित शहरीकरणको आवश्यक्ता रहेको बताएका छन् । शनिबार बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

उनले शहरी क्षेत्रमा मानिसहरु धेरै बसोवास गर्न थालेको भन्दै शहरलाई अब व्यवस्थित गर्नुको विकल्प नरहेको बताए । उनले नेपालले पञ्चवर्षीय योजना ल्याउँदा व्यवस्थित शहरको विभिन्न प्रयासहरु गर्दै आएपनि अझै अधिकांश शहरहरु योजनावद्ध तरिकाले बन्न नसकेको बताए ।

उनले अव्यवस्थित शहरले मुलुकमा चुनौती थपिएको बस्तीहरु पनि अव्यवस्थित बनेको बताए । प्रधानमन्त्री देउवाले शहरहरुको योजनाबद्ध तरिकाले व्यवस्थति गर्नको लागि योजना तर्जुमाको साथै आधुनिक तरिकाको पूर्वाधार विकासमा आवश्यकता रहेको बताए ।

उनले भने, ‘शहरी क्षेत्रमा मानिसहरु धेरै बसोवास गर्न थालेको अवस्थामा मुलुकको दीगो द्रूत विकासका लागि व्यवस्थित शहरीकरणको ठूलो महत्व रहेको छ । नेपालले पञ्चवर्षीय योजना ल्याउँदा व्यवस्थित शहरको विभिन्न प्रयासहरु गर्दै आएपनि अझै हाम्रा अधिकांश शहरहरु योजनाबद्ध तरिकाले बनेका छैनन् । अव्यवस्थित छन् । अव्यवस्थित शहरले मुलुकमा चुनौतीहरु आएका छन् ।’

शहरी विकास मन्त्रालयमार्फत् १ अर्ब ११ करोड रुपैयाँ लागतमा बनेको सम्मेलन केन्द्रको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस