कोरोना अपडेट : थप १७३ जनामा संक्रमण पुष्टि, ३९६ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १६ : ४१
कोरोना अपडेट : थप  १७३ जनामा संक्रमण पुष्टि, ३९६ जना संक्रमणमुक्त

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८३९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ सय ४३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६५ जना र २ हजार १९६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ००२ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३ हजार नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ३ हजार ६१२ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९९ रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ९६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८१ हजार ५९ पुगेको छ ।