राजधानीमा सातै  वटा प्रदेश पर्यटनमन्त्रीहरुको सम्मेलन आयोजना

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, ११ : ०५
राजधानीमा सातै  वटा प्रदेश पर्यटनमन्त्रीहरुको सम्मेलन आयोजना

काठमाडाैं । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र यस क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले आज राजधानीमा सातै  वटा प्रदेश पर्यटनमन्त्रीहरुको सम्मेलन आयोजना गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेश सरकारका पर्यटनमन्त्रीलाई काठमाडौँ बोलाएर एक दिने सम्मेलन  आयोजना गरेको हो। सम्मेलनमा होटल, र्‍याफ्टिङ, होमस्टे, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, पर्यटक यातायात सेवा, टुर गाइडलगायतको दर्ता, अनुमति, नवीकरण र नियमनमा सम्बन्धित प्रदेश सरकारबाट जारी भएका कानुन तथा मापदण्डबारे छलफल हुने मन्त्रालयले जनाएको छ।

सम्मेलनमा संविधानमा राखिएका पर्यटन क्षेत्र सम्बन्धित अधिकार, सङ्घीय संरचना र अन्तर्सम्बन्ध, सङ्घ, प्रदेश र स्थानीय तहका जिम्मेवारी, चालु आर्थिक वर्षको बजेटले घोषणा गरेका नीति तथा कार्यक्रम, पुनरुत्थान कार्ययोजना, स्थानीय तहमा सञ्चालित पर्यटन पूर्वाधार साझेदारी कार्यक्रमलगायत विषयमा पनि छलफल हुनेछ। सम्मेलनको बिहान पर्यटनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन  गरेका छन्।

प्रतिक्रिया दिनुहोस