वन्यजन्तुको आखेटोपहारसहित एक जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १० : ५१
वन्यजन्तुको आखेटोपहारसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकबाट प्रहरीले लागूऔषध र वन्यजन्तुको आखेटापहार कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियावास–१ घर भएका सुक बहादुर तामाङ छन् ।

भदौ ८ मा पक्राउ गरिएका तामाङको साथबाट लागुऔषध एम्फेटामाइन ७९ ग्राम, ४ किलो ९४ ग्राम चरेश र आखेटोपहार बरामद गरिएको लागूऔषध नियन्त्रण गरेको छ ।

काठमाडौंमा रहेको आरोपीको डेराबाट लागु औषध नियन्त्रण ब्यूरोको टोलीले १ हजार दरको १ थान नक्कली रुपैयाँ, २३६ थान नक्कली अमेरिकी डलर, ११ वटा सालकको खपटा, ६ वटा जंगली जनावरको दाँत, पंक्षीको खुट्टा ३ वटा र विभिन्न जनावरका हड्डीहरु बरामद गरेको छ ।

उनको साथबाट प्रहरीले भुटान, म्यानमारसहित ९ देशका मुद्रा बरामद गरेको छ । थाइल्याण्डबाट ल्याएको एम्फेटामाइन १० हजारमा बेच्न खोज्दा पक्राउ परेका सुकबहादुर २०७४ माघमा खैरो हेरोइन सहित पाकिस्तानमा पक्राउ परेर छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस