झापा । झापामा स्रोत नखुलेको १३ लाख ६० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका-१ स्थित लसुना बोर्डर घर भएका ५४ वर्षीय तेजबहादुर गणेश रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक प्रवीण भट्टराई नेतृत्वको खटिएको टोलीले शुक्रबार बिहान पौने १२ बजे झापा-१ लसुना बोर्डर नजिकैबाट गणेशलाई रकमसहित पक्राउ गरेको हो ।
प्रहरी टोली देख्न साथ गणेश आफ्नो घरतिर भाग्न खोज्दा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी उनको साथबाट १००० दरको ९०० वटा नोट, ५०० दरको ८०० वटा नोट र १०० दरको ६०० वटा नोट फेला पारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतका पर्खाइमा
झापामा क्षयरोगका सात सय नयाँ बिरामी
झापामा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै
झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला
झापामा वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
झापा पुगेर प्रचण्डले खाए केराको पातमा मासुभात