सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले प्रदेशसभामा सहभागी सबैलाई मन्त्रीको भाग पुर्याउने भएको छ । कर्णाली प्रदेशसभामा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकीलाई सरकारमा पठाउने तयारी भएको छ ।
माओवादीले हालका जलस्रोत मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टलाई फिर्ता बोलाएर जाजरकोटकै कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई मन्त्री बनाउने तयारीमा रहेको पूर्वमन्त्री एवम् माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।
पार्टी केन्द्रको निर्देशनअनुसार सरकारमा रहेका दुई जना मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारमा सहभागी हुन बाँकी रहेका दुई जना सांसदलाई मन्त्री बनाइनेछ। कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ जना सांसद छन्। तिमध्ये नौ जना सांसद सरकारमा सहभागी भइसकेका छन्। बाँकी दुई जनालाई पनि सरकारमा सहभागी गराउनका लागि माओवादी केन्द्रले सात महिनाअघि नियुक्त गरिएका सिंह र विष्टलाई सरकारबाट फिर्ता बोलाएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
कर्णाली याक्सका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै