काठमाडौं । नेकपा एमालेले वैवाहिक अंगीकृतहरुले निश्चित समयको अन्तरालमा मात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताएको छ । शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै एमाले अध्यक्ष ओलीले नागरिकता विधेयकबारे ६बुँदे धारणा अघि सारेका छन् ।
नागरिकताताका सम्बन्धमा संविधानमा गरिएको व्यवस्था कार्यान्वयन गर्न नयाँ ऐन बनाउनुपर्ने भन्दै उनले भनेका छन्, ‘यसका लागि विगतमा संसदमा प्रस्तुत गरिएको नागरिकता विधेयक र सम्वन्धित समितिमा यससम्बन्धमा भएका छलफल र निष्कर्षहरुलाई आधार बनाउनुपर्छ ।’
ओलीले आफ्नो प्रतिवेदनमा बैबाहिक अंगीकृतको हकमा निश्चित समयपछि मात्रै नागरिकता दिनुपर्ने र त्यतिन्जेलका लागि परिचयपत्र दिनुपर्ने बताएका छन् । साथै लैगिक समानता, आमाको आत्मसम्मान, आमाको नामबाट नागरिककता पाउने संवैधानिक प्रबन्धनको कार्यान्वयन लगायतका प्रश्नमा राष्ट्रपतिले उठाएका प्रश्नमा गम्भीर छलफल गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने एमालेको निर्णय
एमाले सचिवालय बैठक आज बस्दै
ओली बिरामी परेपछि एमालेको सचिवालय बैठक स्थगित
एमाले सचिवालय बैठक किन एक्कासि भयो स्थगित ?
एमाले सचिवालय बैठक आज पनि बस्दै
युवा संघको चेतावनीः आइतबारसम्म मोटरसाइकल र्याली गर्न नदिइए सरकारविरुद्ध सडकमा उत्रिएर देखाउँछौ