काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनाल इलाम-१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन्।
आगमी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम-२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ।
प्रदेशसभा निर्वाचनका लागि प्रदेश-१ को क र खका लागि जिल्ला अध्यक्ष भक्त केसी, बृहस्पति खतिवडा, सावित्रा गर्तौला, खिनु, लङगुवा, जीतबहादुर राईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ।
यसैगरी, प्रमिला बस्नेत, सोम शर्मा हरि वालालगायतलाई भने क्षेत्र नम्बर-२ क र खका लागि नाम सिफारिस गरिएको नेकपा एसले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल