१२५ करोडमा बिक्यो अक्षय कुमारको कठपुतली

एजेन्सी

शुक्रबार, १० भदौ २०७९, ०८ : ५३
१२५ करोडमा बिक्यो अक्षय कुमारको कठपुतली

एजेन्सी । सन् २०२२ मा ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’ र ‘रक्षा बन्धन’ पछि अक्षय कुमारको नयाँ फिल्म ‘कठपुतली’ दर्शकलाई मनोरञ्जन दिन तयारी अवस्थामा छ ।

उनका अघिल्ला फिल्मजस्तै यो फिल्म पनि थिएटरमात्र नभई ओटीटी प्लेटफर्म डिस्ने प्लस हटस्टारमा २ सेप्टेम्बरमा रिलिज हुँदैछ । रन्जीत एम तिवारी निर्देशित फिल्म एक सस्पेन्स क्राइम थ्रिलर हो । 

फिल्ममा अक्षय प्रहरी अधिकृतको भूमिकामा देखिन्छन् । उनको अपोजिटमा रकुल प्रीत सिंह छिन् । फिल्म निर्माण पक्षले यो फिल्म ओटीटी प्लेटफर्म डिस्ने प्लस हटस्टारलाई १ सय २५ करोडमा बेचेको छ ।

 अक्षयका पछिल्ला फिल्मले बक्सअफिसमा आशातित प्रदर्शन नगरिरहेपछि निर्माण पक्षले यसपटक सिधा ओटीटीलाई फिल्म दिएको हो । ओटीटीबाट फिल्मले पाएको रकमलाई अहिलेको अवस्थामा निकै उत्साहबद्र्धक रहेको निर्माण पक्षले जनाएको छ । 

फिल्मको कथा हिमाञ्चल प्रदेशको कसौली सहरको हो, जहाँ अक्षय प्रहरी अधिकृत हुन्छन । अचानक शहरमा एक जघन्य हत्या हुन्छ । हत्या पछि शवलाई हत्याराले सार्वजनिक स्थानमा छोडिदिन्छ । जसमा प्रहरी शवसम्म होइन, शव प्रहरीसम्म आइपुग्छ ।

प्रतिक्रिया दिनुहोस