१५ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान शुरू

पत्रपत्रिकाबाट

शुक्रबार, १० भदौ २०७९, ०७ : ५४
१५ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान शुरू

काठमाडौं । नेपाली कांग्रेसले आउँदो चुनावलाई लक्षित गरी आजदेखि १५ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।

पहिलो चरणको यो अभियान आजदेखि भदौ २४ गतेसम्म चल्ने छ । लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुनले अभियानले आगामी निर्वाचनमा कांग्रेसलाई मात्र नभएर गठबन्धनलाई नै बलियो बनाउने बताए ।

‘अभियानले कुन ठाउँमा पार्टीको अवस्था के छ र कसरी सुधार गर्न सकिन्छ भन्ने तल्लो तहसम्म पुगेर छलफल गर्छ’, पुनले भने– ‘कांग्रेसप्रति जनताको अपेक्षा के रहेछ भनेर बुझ्ने र के गर्दा कांग्रेसप्रति जनताको विश्वास लिन सकिन्छ भन्नेबारे पनि बृहत् रूपमा छलफल गरिन्छ ।’

उनले अभियानमा कांग्रेसको मात्र नभएर गठबन्धनमा रहेका अन्य दलको पनि अवस्था बुझ्ने र निर्वाचनमा कुन दललाई टिकट दिँदा जित्न सकिन्छ भन्ने विषय पनि उठाइने बताए । स्थानीय तहको निर्वाचनमा देखिएका आपसी द्वन्द्वलाई व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले प्रदेश कार्यसमितिले पनि प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाइएको पनि जानकारी दिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस