स्वतन्त्रताको ३१ वर्षको अवसरमा युक्रेनीहरूमाझ भावनात्मक भाषण गर्दै रुसको फेब्रुअरी २४ को आक्रमणपछि युक्रेनको पुनर्जन्म

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १६ : ०५
स्वतन्त्रताको ३१ वर्षको अवसरमा युक्रेनीहरूमाझ भावनात्मक भाषण गर्दै रुसको फेब्रुअरी २४ को आक्रमणपछि युक्रेनको पुनर्जन्म

काठमाडौं । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वतन्त्रताको ३१ वर्षको अवसरमा युक्रेनीहरूमाझ भावनात्मक भाषण गर्दै रुसको फेब्रुअरी २४ को आक्रमणपछि युक्रेनको पुनर्जन्म भएको बताएका छन् । 

युक्रेनले क्राइमिया र पूर्वमा कब्जा गरेको क्षेत्रहरू पुनः कब्जा गर्ने उनले बताए । फेब्रुअरी २४ मा रुसको आक्रमणको छ महिना पूरा भएको दिनमा प्रसारण गरिएको रेकर्ड भाषणमा जेलेन्स्कीले भनेका छन्, “युक्रेनमा शान्ति हुँदा पनि युद्ध अन्त्य भएको देखेको थिएन, जबकि वास्तवमा किभ विजयी भएको थियो ।”

“फेब्रुअरी २४ मा बिहान ४ बजे संसारमा एउटा नयाँ राष्ट्र देखा पर्‍यो । यो जन्मिएको होइन, तर पुनर्जन्म भयो । एक राष्ट्र जो रोएन, चिच्याएन वा डराउँदैन । जो भागेन । हार मानेन र बिर्सिएन,” उनले भने ।

४४ वर्षीय नेता जेलेन्स्कीले रुस नियन्त्रित सोभियत संघबाट स्वतन्त्रताका लागि किभको केन्द्रीय स्मारकको अगाडि आफ्नो ट्रेडमार्क पोसाक लगाएर देशवासीलाई सम्बोधन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।“युद्धको अन्त्यपछि हाम्रा लागि के छ ? हामी शान्ति भन्थ्यौँ । अब हामी जित भन्छौँ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस