सरकारले चाहे चाँडै निजामती सेवा ऐन बन्नसक्छ : अध्यक्ष तिमिल्सिना

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १५ : ५०
सरकारले चाहे चाँडै निजामती सेवा ऐन बन्नसक्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहे चाँडै निजामति सेवा ऐन बन्ने बताएका छन् । बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् । 

उनले निजामति सेवा ऐन चाँडै बनाउनुपर्ने कुरा अधिकांश प्रदेशमा धेरै नै उठिरहेको भन्दै सरकारले अहिले नै निजामति सेवा ऐन विधेयक राष्ट्रियसभामा ल्याए नयाँ निर्वाचित प्रतिनिधिसभाको हिउँदे अधिवेशनबाट पास भई ऐन बन्नसक्ने बताए । उनले सरकारले अहिले विधेयक पेस नगरेको खण्डमा भने अहिलेसम्मको मिहिनेत शून्यमा परिणत हुने बताए । 

उनले कतिपय विधेयक मन्त्रालयपिच्छे परिमार्जित हुँदै जाँदा कुरूप बनिरहेको बताए । अध्यक्ष तिमिल्सिनाले मूल मर्म एकातिर बनाइ भएको विधेयकलाई झनै बंग्याएर पठाउने समस्या नेपालमा विद्यमान रहेको पनि बताए । उनले निजामति सेवा ऐनका लागि विधेयक यही राष्ट्रियसभा रहँदा ल्याउनुपर्ने कुरा प्रधानमन्त्री, कानुनमन्त्री र संघीय मामिलामन्त्रीलाई भनिसकेकोले यही राष्ट्रियसभामा विधेयक पेस हुनेमा आशावादी रहेको बताए । 

अध्यक्ष तिमिल्सिनाले कर्मचारीतन्त्रले कसरी सेवा प्रवाहबाट देशलाई माथि उठाउने भन्ने बारेमा सोच्न जरुरी रहेको बताए । उनले कर्मचारी कुनै पनि दलको नेतासँग चाप्लुसी गर्न छोडेर जनतामा सहज सेवा बिस्तार र व्यवस्थापनमा लाग्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस