सीआस्वासँगै बिक्री प्रबन्धक र बैंक वित्तीय संस्थाले बुझाउने रकम घटाउने बोर्ड निर्णय

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १३ : ५४
सीआस्वासँगै बिक्री प्रबन्धक र बैंक वित्तीय संस्थाले बुझाउने रकम घटाउने बोर्ड निर्णय

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सी–आस्वा शुल्क अधिकतम ५ रुपैयाँ लिन पाउने ब्यवस्था रहेको छ । बोर्ड सीआस्वासँगै बैंक तथा वित्तीय संस्थाले बिक्री प्रबन्धकलाई बुझाउनुपर्ने शुल्क र बिक्री प्रबन्धकले सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई बुझाउनुपर्ने शुल्क पनि घटाएको छ ।

बोर्डले ‘धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३’ मा तेस्रो संशोधन गरी उक्त शुल्कहरु घटाएको हो । बैंक तथा वित्तीय संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकलाई प्रतिदरखास्त १० रुपैयाँ बुझाउँदै आएकामा उक्त शुल्क घटाई प्रतिदरखास्त २ रुपैयाँमा सीमित गरेको छ ।यस्तै, केन्द्रीय निक्षेप सेवा प्रदायक सीडीएस एन्ड क्लियरिङले सुविधा उपलब्ध गराएवापत प्रतिदरखास्त १ रुपैयाँ मात्र लिन पाउने भएको छ । यसअघि सेवावापत २ रुपैयाँ शुल्क लिँदै आएको थियो । निर्देशिका संशोधन भएसँगै बैंकहरुले सी–आस्वा सेवावापत अधिकतम ५ रुपैयाँ मात्र शुल्क लिन लिन थालेका छन् ।

पछिल्लो समय प्राथमिक बजारमा आइपीओ नपर्ने तर आस्वा शुल्क मात्र काटिने भएपछि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाले सी(आस्वा सेवाको शुल्कमा एकरुपता कायम गर्नुपर्ने माग गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस