लाभग्राहीका लागि प्रभु बैंकले ल्यायो कृषि क्षेत्र विकास कार्यक्रमको नयाँ कर्जा सेवा

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, ११ : ०७
लाभग्राहीका लागि प्रभु बैंकले ल्यायो कृषि क्षेत्र विकास कार्यक्रमको नयाँ कर्जा सेवा

काठमाडौं । कृषि क्षेत्र विकास कार्यक्रमको लाभग्राहीका लागि प्रभु बैंकद्वारा विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सोमबार सुर्खेतमा सम्पन्न भएको छ ।

कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयदवारा सञ्चालित कार्यक्रम हो । कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरुको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य ,गरिवी विहीन र शून्य भोकमरी प्राप्तिमा योगदान पुर्याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ ।

भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा लेखराज दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रमा प्रभु बैंकका सुनिल राना लगायत कर्णाली प्रदेश अन्र्तगतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोद कुमार भट्टराईले कृषि क्षेत्र विकास कार्यक्रमको परीचय सहित यस कार्यक्रमको कार्यक्षेत्र तथा काम गर्ने तरीकाको बारेमा जानकारी गराए । प्रभु बैंकका हेड माइक्रोफाइनान्स डिपार्टमेन्ट चन्द्र बहादुर खत्रीले कृषि क्षेत्र विकास कार्यक्रमको लाभग्राहीका लागि सहज र सरल तरीका बाट कर्जा उपलब्ध गराउनका लागि छुट्टै ऋण सेवा बनाई कार्यान्वयन गरीने जानकारी गराउँदै कर्णाली प्रदेश तथा सो अन्र्तगतका शाखा प्रमुखहरुलाई यस कार्यक्रम अन्र्तगतका लाभग्राहीहरुलाई सहज रुपमा कर्जा प्रवाह गराई वित्तिय साक्षरता समेत उपलब्ध गराउन आग्रह गरे ।