चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नागरिकता विधेयकमा एमालेले जनता झुक्याउन खेल खेलेको आरोप लगाएका छन् ।
चितवनको माडीमा विभिन्न कार्यक्रममा सहभागी हुन भरतपुर आएका उनले विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै एमालेले नागरिकता विधेयक गलत ढंगले, गलत उद्येश्यले प्रचार गरिएको बताए ।
नागरिकता विधेयक आमाबुवा दुवै नेपालको नागरिक भएपछि छोराछोरीले नागरिकता पाउनु नै यो विधेयकको सारतत्व रहेको बताउदैं उनले अहिले लामो समय देखि नागरिकता नपाँउदा ६, ७ लाख मान्छे विभिन्न अवसरबाट बन्चित भएको उल्लेख गरे । उनले यो विधेयक राष्ट्रघात भन्नु पाखण्डवाद मात्रै भएको आरोप लगाए ।
‘ओली प्रधानमन्त्री हुँदा यही विधेयक अध्यादेशको रुपमा लगिएको थियो, अहिले त्यही विधेयक संसदमा ल्याउदा त्यही व्यक्तिहरुले राष्ट्रघाती भन्नु बेईमानी र अनैतिकता बाहेक केही हुनै सक्दैन’, उनले भने । उनले अहिले लगिएको नागरिकता विधेयक केपी ओलीकै पालाको लगिएकाले र अहिले त्यही लैजादा ओली गुटले विरोध गर्नु जनता झुक्याउने खेल मात्र भएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ भदौ २०७९, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी कार्यालय अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
क्षतिग्रस्त पार्टी कार्यालय हेर्न पेरिसडाँडा पुगे प्रचण्ड
पार्टी काममा फर्किए प्रचण्ड, आज पार्टी कार्यालयको निरीक्षण गर्ने
प्रचण्डको सुझाव : 'संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौ'
जेनजी आन्दोलन विस्फोटक बन्नु सरकारको कुशासन र दमनको परिणाम : प्रचण्ड
चितवनमा प्रचण्डको घर जलाइयो