चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नागरिकता विधेयकमा एमालेले जनता झुक्याउन खेल खेलेको आरोप लगाएका छन् ।
चितवनको माडीमा विभिन्न कार्यक्रममा सहभागी हुन भरतपुर आएका उनले विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै एमालेले नागरिकता विधेयक गलत ढंगले, गलत उद्येश्यले प्रचार गरिएको बताए ।
नागरिकता विधेयक आमाबुवा दुवै नेपालको नागरिक भएपछि छोराछोरीले नागरिकता पाउनु नै यो विधेयकको सारतत्व रहेको बताउदैं उनले अहिले लामो समय देखि नागरिकता नपाँउदा ६, ७ लाख मान्छे विभिन्न अवसरबाट बन्चित भएको उल्लेख गरे । उनले यो विधेयक राष्ट्रघात भन्नु पाखण्डवाद मात्रै भएको आरोप लगाए ।
‘ओली प्रधानमन्त्री हुँदा यही विधेयक अध्यादेशको रुपमा लगिएको थियो, अहिले त्यही विधेयक संसदमा ल्याउदा त्यही व्यक्तिहरुले राष्ट्रघाती भन्नु बेईमानी र अनैतिकता बाहेक केही हुनै सक्दैन’, उनले भने । उनले अहिले लगिएको नागरिकता विधेयक केपी ओलीकै पालाको लगिएकाले र अहिले त्यही लैजादा ओली गुटले विरोध गर्नु जनता झुक्याउने खेल मात्र भएको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ भदौ २०७९, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने