स्वर्गीय गिरिको आज अन्तिम संस्कार गरिँदै

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, ०७ : ४०
स्वर्गीय गिरिको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं । शनिबार राति निधन भएका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक मीन बहादुर विश्वकर्माले श्रद्धाञ्जली कार्यक्रम सकिएपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने जानकारी दिए । 

उनका अनुसार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने छ ।  त्यसपछि बिहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिने छ ।

साढे २ घण्टा पार्थिव शरीर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने विश्वकर्माले जानकारी दिए । गिरिको उपचारको क्रममा आइतबार राति  साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस