अपाङ्ग भत्ताको भरमा  जिविकोपार्जन

रासस

शुक्रबार, ०३ भदौ २०७९, १० : ५९
अपाङ्ग भत्ताको भरमा  जिविकोपार्जन

वाग्लुङ । दुर्गाका बुवा जगन्नाथ बोल्न र सुन्नसमेत सक्नुहुन्न । आमा सीता, भाइ प्रेम र प्रदीपको खुट्टा चल्दैन ।

“सात वर्षको उमेरदेखि मेलापातमै बितेको छ, आफ्नो एक टुक्रा जमिन छैन, अर्काको जग्गा अधियाँ कमाएर परिवार पाल्दै आएकी छु, आमाको दुवै खुट्टा बाङ्गो छ, पाठेघरको क्यान्सर छ । आर्थिक अभावले उपचार गर्न सकिएको छैन”, उनले भनिन्, “भाइलाई घरमा पाल्न नसक्दा पोखरास्थित वेदआश्रममा पठाएकी छु ।”

बुबा बाहेक सबैलाई उपचारका लागि पोखरा र भरतपुर लगेको दुर्गाले सुनाइन्। गत साउन २९ गते सबैजनाको अपाङ्गता परिचयपत्र बनाएको उनले बताइन् । “सम्पत्तिका नाममा खोला छेउमै रहेको घर छ”, उनले  भनिन् ।

अपाङ्गता परिचयपत्रका आधारमा राज्यले दिने आर्थिक सहायताले औषधोपचार गर्दै आएको दुर्गााको भनाइ छ । आमा सीताले ‘क’ वर्गको तथा अन्य तीन जनाले ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाएका छन् । ‘क’ वर्गको अपाङ्गता परिचयपत्र भएकालाई मासिक रु चार हजार र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकालाई मासिक रु दुई हजार प्राप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस