काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटीको शनिबार काठमाडौँमा भेला हुने भएको छ ।
उक्त भेलामा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी तथा जिम्मेवारी, साङ्गठनिक कार्य प्रगति विवरण प्रस्तुति, आर्थिक विवरण प्रस्तुति र कमिटीको नयाँ कार्यसमितिको निर्वाचन गरिने कमिटीका सचिवालय सचिव कृतु भण्डारीले जानकारी दिए ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने भेलाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जिल्लाअन्तर्गत रहेका वडा, नगर, प्रदेश तथा केन्द्रीय निर्वाचन क्षेत्रमा उम्मेदवारको छनोटको कार्यविधि तयार गर्ने छ । साथै पाँच दलीय गठबन्धनमा भएका कमी कमजोरीको समिक्षा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ भदौ २०७९, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय