जनप्रतिनिधीको हत्या विरुद्ध दलित अगुवा आन्दोलित

सोमबार, २८ जेठ २०७५, १९ : ३३
जनप्रतिनिधीको हत्या विरुद्ध दलित अगुवा आन्दोलित

 

चितवन ।  कालिकोट जिल्ला नरहरीनाथ गाँउपालिका वडा नम्वर ९ की वडा सदस्य मन सार्कीको कुटपिटवाट हत्या भएको विरोधमा चितवनका दलित अगुवाहरुले दोषीलाई कार्वाहीको माग गर्दै स्थानिय प्रशासन मार्फत सोमवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।
 कुवाको पानी छोएको  विषयलाई लिएर कुटपिट हुदाँ वडा सदस्य सार्कीको यही जेठ १९ गते मृत्यु भएको थियो । कुटपिटमा सलग्नलाई कानुनी कार्वाही, सहीद घोषणा पिडीत परिवारलाई राहत लगायतका माग राख्दै ज्ञापन पत्र वुझाइएको हो ।
मुक्ति समाजका केन्द्रिय सदस्य चक्र रुचाल, दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य खेम दर्जी सहितको टोलीले सोमवार जिल्ला प्रशासन कार्यालय भरतपुर पुगी प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतलाई ज्ञापन पत्र हस्तान्तरण गरेको थियो । सो क्रममा प्रदेश सभासद कृष्ण भुर्तेल, नेकपा नेतृ सुर्यवदना हमाल, मुक्ति समाज चितवनका अध्यक्ष विजय विश्वकर्मा, मुक्ति मोर्चाका भिम विश्वकर्मा, भरतपुर महानगर कार्यपालिका सदस्यहरु सहित नागरिक समुदायको सहभागिता रहेको थियो । कार्यक्रममा सभासद भुर्तेलले अहिलेको अवस्थामा पनि यसखालका घटना हुनु निन्दनीय रहेको जनाउदैं दोषी उपर कडा कार्वाही हुनुपर्ने वताउनु भयो । प्रमुख जिल्ला अधिकारी बस्नेतले समाजमा यो प्रकृतिको घटनाले सवै सचेत नागरिकलाई गिज्जाएको टिप्पणी गुर्नभयो ।
ज्ञापन पत्र वुझाउदै मुक्ति समाजका केन्द्रिय सदस्य चक्र रुचालले देशका सवै वर्ग र समुदायको रगत र पसिनावाट संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त भइसक्दा पनि दलित समुदायमाथी अन्याय र थिचोमिचो यथावत रहनु दुर्भाग्य पूर्ण भएको बताउनुभयो । दलित नेता रुचालले कालिकोटकी जनप्रतिनीधि सार्कीको हत्यामा सलग्नलाई तत्काल कानुनी कठघरामा उभ्याई हदैसम्मको कार्वाही नभए देशभरका दलित समुदाय कडा आन्दोलनमा उत्रन वाध्य हुने बताउनुभयो । उँहाले घटनाका दोषीका रुपमा स्थानिय राजिन्द्रा शाही र सिर्जना शाही रहेको जिकीर गर्दै सरकार अनुसन्धानमा अल्मलिनु आवश्यक नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस