सांसद महतोको आग्रह : राष्ट्रपतिकहाँ नागरिकता विधेयक राति मात्र पठाउनु होला

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १३ : ०३
सांसद महतोको आग्रह : राष्ट्रपतिकहाँ नागरिकता विधेयक राति मात्र पठाउनु होला

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्दर्भमा विधेयक प्रमाणीकरण गर्न दिउँसोमा पठाउँदा प्रमाणीकरण नभएकाले रातिमा पठाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउनुपर्ने होला, उक्त विधेयक राष्ट्रपतिकहाँ पठाउँदा दिउँसो पठाउनु भएन सभामुख महोदय, यो राति पठाउनुपर्‍यो । किनभने अलि अप्ठ्यारा कामहरू राति नै हुन्छन् । त्यसैले यो दिउँसो नपठाउनुहोला,’ सांसद महतले भने । 

उनले राष्ट्रपति भण्डारीलाई रातिमा विधेयक प्रमाणीकरण गर्ने बानी परेको टिप्पणीसमेत गरे ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले बारम्बार लेखा समितिको सभापति माग गरेको भन्दै महतले हाल एमालेको नेतृत्वमा रहेका अरु चार समिति फिर्ता लिएर लेखा समिति दिन आग्रह पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस