न्युजिल्याण्डविरुद्ध घरेलु टोली वेस्ट इन्डिज विजयी

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १२ : ५३
न्युजिल्याण्डविरुद्ध घरेलु टोली वेस्ट इन्डिज विजयी

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजले न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा जित हात पारेको छ । बारबाडोसमा आज बिहान भएको खेलमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको हो ।

जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा घरेलु टोलीले १–० को अग्रता बनाएको छ । पाहुना टोलीले दिएको १ सय ९१ रनको लक्ष्य घरेलु टोलीले ३९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । वेस्ट इन्डिजका लागि शम्राह बु्रक्सले ७९ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान निकोलस पुरनले २८ तथा शाई होपले २६ रन बनाए । जासन होल्डर १३ तथा जिर्माइनि ब्लायकउडले अविजित रहदै १२ रन बनाए ।

पाहुना टोलीका लागि ट्रेन्ट बोल्ट र टिम साउदीले समान २-२ तथा मिचेल स्याट्नीरले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले ३९ ओभरको अन्तिक बलमा अलआउट हुदै १ सय ९० रन बनाएको थियो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सले ३५ तथा मिचेल ब्राकिवेलले ३१ रन बनाए । फिना एलेन र मिचेल स्याट्नीरले समान २५–२५ रन बनाए । मार्टिन गप्टिलले २४ तथा टम लेथम र टिम साउदीले समान १२-१२ रन बनाए । घरेलु टोलीका अकिल होसेन र अल्जारी जोसेपले समान ३-३ तथा जासन होल्डरले २ विकेट लिए ।

वेस्ट इन्डिज र न्युजिल्याण्डबीचको दोस्रो खेल भोलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस