काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूहरू हिजोजस्तो क्रान्तिकारी रहन नसकेको र पार्टीभित्र क्रान्तिकारी भावना मर्दै गएको बताएका छन्।
पेरिसडाँडामा आयोजित दिवंगत माओवादी नेता रामवृक्ष यादवको २८औं स्मृति दिवसका कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी नेताहरू अहिले स्वार्थी बन्दै गएको टिप्पणी गरे। 'हामी हिजो जस्तो क्रान्तिकारी छैनौं, स्वार्थी भएका छौं। राष्ट्रका लागि, क्रान्तिका लागि कसरी त्याग गर्ने भन्ने होइन आफ्नै लागि कसरी गर्ने भनेर लागेका छौ', माओवादी नेताहरूप्रति लक्षित गर्दै प्रचण्डले भने, 'हामी सामूहिक भावनाबाट, टिम स्पिरिटबाट जाने भन्दा स्वार्थ समूह बनाउनेतिर उद्दत हुन थालेका छौं। यसले पार्टीको क्रान्तिकारी चरित्रमा नराम्रोसँग स्खलन आएको छ।'
दस्तावेज, किताब र भाषणमा चाहिँ अहिले पनि क्रान्तिकारी नै देखिने गरेको प्रचण्डले बताए। तर, नेताहरूको व्यवहार, आचरण र दैनिकी दस्तावेज र भाषणसँग नमिल्ने बताए। यद्यपि, नेपालमा भएका राजनीतिक दलहरूमध्ये विचार र राजनीतिको प्रश्नलाई उच्च प्राथमिकता दिने आफ्नो पार्टी मात्र भएको उनले दाबी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’