सामाजिक संजाल फेसबुकमा बालेन शाह र हर्क साम्पाङको जुहारी

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, ०७ : ५९
सामाजिक संजाल फेसबुकमा बालेन शाह र हर्क साम्पाङको जुहारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ ।

सम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ १ भन्दै स्टाटस लेखेका थिए ।

उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले सम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

हालै काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोरबाट पनि अभिव्यक्ति दिएका थिए । धरान नै सफल लागेको भन्दै उनले काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस