एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरु मृत्यु भएको आशंका गरिएको छ ।
विस्फोटमा धेरै हताहती भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन् । अलजजिराले भने विस्फोटमा २० जनाको मृत्यु भएको जनाएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
शक्तिशाली विस्फोटको आवाज उत्तरी काबुलको छिमेकमा सुनिएको थियो । विस्फोटबाट नजिकैका भवन भत्किएका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०२ भदौ २०७९, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
नाइजेरियाको ग्यास खानीमा विस्फोट हुँदा ३८ मजदुरको मृत्यु
मेघालय कोइलाखानी विस्फोट : खोटाङका तीनजनाको मृत्यु, एक जना बेपत्ता
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३१ पुग्यो
रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, युवकको मृत्यु