काम नगरेको भन्दै ठेकेदारको एक्जाभेटरमा नगर प्रवक्ताले लगाइदिए ताला !

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १४ : ५९
काम नगरेको भन्दै ठेकेदारको एक्जाभेटरमा नगर प्रवक्ताले लगाइदिए ताला !

काठमाडौं । सम्झौता अवधिमा कल्भर्ट निर्माणको काम पूरा नगरेको भन्दै बुटवल उपमहानगरपालिका–१५ का वडाध्यक्ष शिव रानाले ठेकेदारको एक्स्काभेटरमा ताला लगाइदिएका छन् उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका रानाले एक्स्काभेटरमा फलामको सिक्री लगाएर ताला लगाइदिएका हुन् ।बुटवल–१५ सेमलारस्थित तामनगर–फर्साटिकर सडकखण्ड पर्ने कल्भर्ट निर्माणमा ढिलाइ गरेपछि बाध्य भएर आफूले ठेकेदारको एक्स्काभेटरमा ताला लगाइदिएको रानाले बताए । 

‘ठेकेदारले कल्भर्ट निर्माणको जिम्मा लिएको र पटक–पटक आग्रह गर्दा पनि काममा विलम्ब गर्‍यो,’ उनले लोकान्तरसँग भने, ‘काम पूरा नभएपछि जनतालाई सास्ती छ । त्यसैले ताला लगाएको हुँ उनका अनुसार वडाले ३ पटकसम्म गिट्टी–बालुवा हालेर अस्थायी रूपमा आवतजावत गर्न मिल्ने बनाएको थियो तर हिलोले सडकै हिँड्न नसक्ने अवस्था आएको उनले बताए ।

प्रदेश सरकार मातहतको कार्यक्रमअनुसार महेश इन्जिनीयरिङ सत्यवतीले २ करोड ९९ लाख रुपैयाँमा सडकखण्डमा ४ वटा कल्भर्ट निर्माणका लागि ठेक्का लिएको थियो । गत असार मसान्तसम्म काम सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि अझै सकिएको छैन ।

निर्माण कम्पनीले हालसम्म ३ वटा कल्भर्ट बनाएको छ । एउटा कल्भर्ट बनाउन बाँकी छ । काम अपुरो छाडेको र निर्माणमा विलम्ब गरेको वडाध्यक्षको आरोप छ । ‘स्थानीयले कल्भर्ट निर्माणबारे वडामा आएर धेरै गुनासो गर्नुभएको छ । जनताको गुनासो ठेकेदारले नसुनेपछि ताला लगाइदिएको हुँ,’ वडाध्यक्ष रानाले भने ।

प्रतिक्रिया दिनुहोस