विशेषमा बजेटमा सडक निर्माणको योजना पर्दैनः विश्व पौडेल

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १४ : १४
विशेषमा बजेटमा सडक निर्माणको योजना पर्दैनः विश्व पौडेल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाको रहेको बताएका छन् ।बुधबार नेपाली कांग्रेसबाट प्रदेश- १ का स्थानीय तहका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन् । 

उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजना मात्रै प्राथमिकता गर्ने र साना परियोजना स्थानीय तहमा नै दिने योजना रहेको बताए । उनले सांसदले साना–साना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताए । उनले स्थानीय जनप्रतिनिधिहरुले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिए । 

उनले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायलाई सहयोग गरे अर्को पटक चुनाव लड्न सजिलो हुने बताए । उपाध्यक्ष पौडेलले जनप्रतिनिधि सकेसम्म सबै जनताको बीचमा जान पनि सुझाव दिए । 

उनले स्थानीय तहले बजेट बनाउँदा विषेश बजेटमा ध्यान दिनुपर्ने बताए । उनले ठूला नगरपालिकाले समेत विषेश बजेटअन्तर्गत सडक निर्माणको योजना राखेको भन्दै विशेषमा सडक निर्माणको योजना नपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस