बैतडीमा पासोमा परेको चितुवा मर्‍यो

सफल खबर संवाददाता

बुधबार, ०१ भदौ २०७९, १३ : ५७
बैतडीमा पासोमा परेको चितुवा मर्‍यो

काठमाडौं ।  बैतडीमा बँदेलका लागि थापेको पासोमा परेको चितुवा मरेको छ। दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा फसेको चितुवा मरेको हो ।

किसानहरुले जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि पासो थापेका थिए। तर, त्यो पासोमा चितुवा फसेको थियो। फसेको चितुवाको उद्धारका लागि बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली गएको बताइएको छ । तर, उक्त टोली नपुग्दै चितुवा मरेको स्थानीयले बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस